Logo

विदेशमा ज्यान गुमाएका २२१ जनाको शव !

भारतबाहेक अन्य मुलुकमा आपतमा परेका झन्डै ३५ हजार नेपालीको उद्धार गरिएको छ । साउन १० गतेसम्मको तथ्याक अनुसार ३५ हजार नेपालीको उद्धार गरी स्वदेश फर्काइएको जनाइएको छ । त्यसैगरी विदेशमा निधन भएका २२१ भन्दा बढी नेपालीको शव ल्याएर आफन्तलाई जिम्मा लगाइएको कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ ।

गोरखापत्र दैनिकमा खवर छ ।नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसाको समय सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका नेपालीको उद्धार गरिएको छ ।
खुशीको खबर, कोरोनाविरुद्ध बनेको खोप ३० हजारमा परीक्षण गरिनेकरिब ७ महिनादेखि विश्वभर फैलिएको कोरोना भाइरसको त्रासकाबिच विश्व अहिले लकडाउनबाट लुजडाउनतिर जान थालेको छ ।

यसैबिच विश्वका ठूला र ख्याति कमाएका औषधी उत्पादक कम्पनीहरुले युद्धस्तरमा कोरोनाको भ्याक्सिन परिक्षणमा समय दिइरहेका छन् । यही मेसोमा अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण थालिएको छ । अमेरिकी संचार संस्थाहरुका अनुसार सोमबार सुरु गरिएको परीक्षणको खोप ३० हजार जनामा परीक्षण गरिने बताइएको छ नेसलन इन्स्टिच्युट अफ हेल्थ एन्ड मोडर्न इन्कले बनाएको यो खोप दुई डोज दिएपछि यसको प्रभावबारे बैज्ञानिकले थप अनुसन्धान थाल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्