Logo

राति सुत्ने बेला के खाने के नखाने ?

तपाई हामीमध्ये धेरैले सुनेका छौँ रातको खानेकुराको कारण निन्द्रामा प्रभाव पार्छ । तर हामीमध्ये कतिले आफ्नो आनीबानी र आहारविहार सुधारेका छौँ त ?

भात : भनिन्छ प्रायजसो नेपालीहरुलाई पेट चस्किने हिसाबले भात खाएन भने के छुटाएा जस्तो लाग्छ । तर चिकित्सकका अनुसार सकेसम्म बिहान बेलुका दुबै समयमा भात नखाननुहोस् तर राम्रो निन्द्रा लाग्ने र छिटै पच्ने भएकोले राति थोरै भात खाँदा राम्रो हुन्छ । यद्यपी रातको खानामा गहुँको सुख्खा रोटी समावेश गर्नु धेरै उत्तम हुन्छ ।

पास्ताः अत्याधिक कार्वोहाइड्रेडको मात्राले शरीरमा पाचन प्रणालीमा असर गर्ने भएकोले रातको खानमामा पास्ता समावेश गर्नु स्वास्थयको लागि फाईदाजनक छैन ।

मसलेदार खानाः शरीरमा पित्तको मात्रा बढाउँने हुँदा रातको समयमा मसलेदार खाना खानुहुँदैन ।
राति धेरै दाल पिएर सुत्नु राम्रो मानिन्न ।
चाउचाउ ,चाउमिन र मैदाबाट बनेका खाद्यपदार्थ चाउचाउ चाउमिन र मैदाबाट बनेको चिजमा हाइ क्यालोरी हुने हुँदा यी खानेकुरा खानुहुँदैन । यसका अतिरिक्त पनिर, वर्गर, चिप्स, चकलेट , गुलिया खाद्य पदार्थ, मिठाइ रातिको समयमा खानुहुँदैन ।

मासु माछाः यसबाट अत्याधिक प्रोटिनको मात्रा पाईने भएकोले रातिको खानमा माछा मासु समावेश नगरेको राम्रो ।

चिकित्सक भन्छन्, रातको समयमा दहि खानुहुँदैन । त्यस्तै राति कफि खाने बानी छ भने पनि छोडिहाल्नुहोस् । रातको समयमा करिब ६ बजेतिर हलुका खानेकुरा खानुहोस् ।

प्रतिक्रिया दिनुहोस्