Logo

महोत्तरीमा पूर्व शिक्षा मन्त्रीसँग चुनावमा भिड्दै ईन्जिनियर जय शाह

१० साउन, दिपक गिरी/ काठमाण्डौं –आगामी मंसिरमा हुन लागेको प्रतिनिधी सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट ईन्जिनियर, शिक्षक जय शाहले उम्मेद्वारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्रबाट उम्मेद्वारी दिन लागेका हुन् ।

यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफुले उम्मेद्वारी दिनु परेको उनले अनलाईन टिभी नेपालसँगको कुराकानीमा बताए । भारतको बैंगलोरबाट ईन्जिनियर पढेका शाहले अहिले ब्याजलरमा गणित र विज्ञान विषयमा अध्यापन पनि गराईरहेका छन् ।

पहिलो पटक उम्मेद्वारी दिन लागेका शाहले युवाहरुको साथ भएकाले चुनाव जित्ने संभावना बलियो रहेको बताए । आफुले चुनाव जितेको खण्डमा शैक्षिक क्षेत्र, स्वास्थ्य, खानेपानी, कृषि लगायतमा आएको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानतर्फ केन्द्रित हुने उनको भनाई छ ।

यतिबेला सोही क्षेत्रबाट उनको प्रतिस्पर्धीको रुपमा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, लक्ष्मी महतो लगायतका उम्मेद्वारहरुले पनि चुनावी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्