Logo

पाथिभरा माताको दर्शन गरी आजको राशिफल पढ्नुहोस ! तपाइको भाग्य कस्तो ?

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योग छ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनुहोला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्