Logo

‘भवनको नक्सा पासको विवरण पठाऊ नत्र कारबाही हुन्छ’ : मेयर बालेन

काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै प्रमाण पठाउन निर्देशन दिएको हो ।

महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भने,’हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं । ‘

महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

बुधबार न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको स‌‌रचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताएका थिए । उनैले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिएका थिए।

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो । भवन विभाग प्रमुख श्रेष्ठले भने,’ अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं । हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं । ‘

प्रतिक्रिया दिनुहोस्