Logo

धनगढीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि पीडित पक्ष आन्दोलित

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिएर विद्यार्थीको मृत्यु भएपछि पीडित पक्षले आन्दोलित बनेको छ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो। उनी घरबाट विद्यालय जाँदै थिइन्। मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। 

विद्यार्थीको मृत्यु भएपछि अहिले त्यहाँ प्रदर्शन भइरहेको छ। साउदका परिवार पक्ष र विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन्।पीडितहरूले शव उठाउन दिएका छैनन्। ग्रेडर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्