Logo

रवि लामिछानेको पार्टी सरकारमा जाने तयारी

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानेगरि छलफलमा जुटेको छ । प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको उक्त दल संसद्को चौथो ठूलो दल बनेको छ । चौथो दल बनेसँगै सो दलले नयाँ बन्ने सरकारमा सहभागिता जनाउनेगरि छलफल थालेको छ ।

देशलाई विकासको गतिमा अघि बढाउनको लागि पनि पार्टी सरकारमा सहभागी भएर राम्रो काम गरेर देखाउनुपर्ने मत बलियो भएपछि उक्त पार्टी सरकारमा जाने तयारीमा जुटेको हो । कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने यकिन नभएको अवस्थामा पनि उक्त दलले सरकारमा सहभागी हुने तयारी गर्नुलाई धेरै आश्चर्य रुपमा हेरेका छन् । तर, उक्त दलका अधिकांश नेताहरुले कांग्रेस वा एमाले जसको नेतृत्वमा सरकार बनेपनि सम्मानजनक हैसियत पाए सरकारमा जाने र राम्रो काम गरेर देखाउने बताउन थालेका छन् ।

सभापति लामिछाने भने कांग्रेस नेतृत्वको सरकामा जान लचिलो बनेको चर्चा छ । यद्धपी उनले यसबारेमा अहिलेसम्म मुख खोलेका छैनन् । कांग्रेसमा यतिवेला संसदीय दलको नेतामा को बन्ने भन्नेबारे दौडधुप चलेको छ । सभापति शेरबहादुर देउवा आँफै त्यसको लागि तयारीमा जुटेका छन् ।

उता, महामन्त्री गगनकुमार थापाले पनि यसपटक आफू दलको नेताको लागि प्रतिष्पर्धामा उत्रिने बताइसकेका छन् । चुनावअघि नै थापाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । तर, थापाले भने दलको नेताको चुनावमा उठ्नको लागि पनि आफ्नै दलभित्रबाट समर्थन पाउन सकेका छैनन् । आज यो समूहको छलफल चलिरहेको छ । आजको बैठकले दलको नेतामा कसलाई अघि बढाउने भन्नेबारे निधो गर्ने बुझिएको छ । कतिपयले उक्त समूहबाट शेखर कोइरालालाई नै अघि बढ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्