Logo

चुनाब अघि जनतासंग गरेको बाचा पुरा गर्दै सांसद हरि उप्रेती

नेकपा एमालेको नेता तथा सर्लाही क्षेत्र न.३ बाट नव निर्वाचित प्रतिनिधि सभा सांसद क. हरि उप्रेती चुनाव जितेपछि आफ्नो क्षेत्रका जनताको घर आँगनमा पुगी उनिहरुको अपेक्षा आफ्नो योजना साटासाट गदै आफ्नो क्षेत्रको बिकास निमार्ण र त्यसको लागि चाल्नु पर्ने कदमहरु बारे आफ्नो क्षेत्रवासीसँग निरन्तर भेट्घाट, सल्लाह र सुझावमा लिई रहेका छन् । उनि निर्वाचनको मुखमा स्वास्थ्य अबस्थामा समस्या देखिए पछि धेरै दिन सम्म अस्पतालको बेडमा बस्न पर्दा जनताको घर – घर पुग्न पाएका थिएन् ।

 

यति खेर उनी जनताको समस्याको सामाधानमा जुटेका छन् । उनले चुनाब जित्न अघि स्वास्थ्य समस्या कारण जनताको घर – घरमा पुग्न पाएनन् तर जिते पनि, हारे पनि जनताको घर घरमा पुगेर आफ्नो क्षेत्रको सम्पुर्ण बिषयहरु टिपेर केन्द्रबाट सक्ने पहल गर्ने बाचा गरेका थिए । अहिले नव निर्वाचित प्रतिनिधि सभा सांसद हरि उप्रेती जनताको बाचा पुरा गर्न जनताको घर-घर, गाउँ-गाउँ पुगेका छन् । जनताले हरि उप्रेतीको स्वागतमा “५० करोड ,५ दल हरि उप्रेतीको नैतिक बल” भनि नारा लगाएका छन् ।

 

जनताको यो नारालाई उप्रेतीले जवाफमा “५० करोड ,५ दल जनताको नैतिक बल” भनेका छन् । जनता नै सब थोक हुन् जनताको साथ नै थिएनन् भनि मैले कसरी चुनाब जित्ने थिए ? जनताको म प्रतिको बिश्वास कहिले टुट्न दिन् । निर्वाचित उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । उप्रेतीले माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्