Logo

शाेभराज छुटेपछि निहिताकाे प्रतिक्रिया–यहाँ सुरक्षा थ्रेट छ, फ्रान्स जान चाहन्छाैँ

आफूलाई सिरियल किलर चाल्स शोभराजकी श्रीमती बताउने निहिता विश्वासले नेपालमा सुरक्षा थ्रेट रहेको भन्दै आफूहरूले फ्रान्स जान चाहेकाे बताएकी छन् । 

सर्वोच्च अदालतको बुधबारको आदेशपछि आज चाल्स शोभराज जेलमुक्त भएका छन् । उनलाई फेरि नेपाल फर्किन नमिल्ने गरी फ्रान्स पठाउने तयारी अध्यागमन विभागले गरिरहेको छ ।  शोभराज जेलमुक्त भएलगत्तै विश्वासले आफूहरूले पनि फ्रान्स नै जान चाहेको प्रतिक्रिया दिइन् ।  उनले भनिन्, ‘यहाँ हामीलाई सुरक्षा थ्रेट छ । हामी फ्रान्स नै जान चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्