Logo

बिवेक पौडेलको फिल्म मेकिङसंगै फोटोग्राफी

झापाका बिवेक पौडेल फोटोग्राफीमा आफ्नो भविष्य राम्रोसंग अघि बढाइरहेका छन् । उनि अहिले अष्ट्रेलियामा बसेर करियरमा फोकस छन् । उनले सुनिता रिजालसँग विवाह गरेका छन् । बिवेककी १ वर्षकी छोरी समेत छिन् ।

बिवेकले बिर्तामोड स्थित बाल्मिकी प्रोबिडेन्स कलेजबाट उच्च शिक्षा अध्ययन गरेका हुन् । उच्च शिक्षा अध्ययनपछि उनले फिल्म मेकिङको कोर्ष अध्ययन गरे । बिवेकले २०१८ मा १ वर्षको फिल्म निर्देशनको डिप्लोमा कोर्ष पुरा गरेका हुन् । संगसंगै नेपाली धेरै फिल्ममा काम समेत गरेको उनले बताए ।

डिवाइन वाइन २०१९, मिस उर्लाबारी २०२२, मिस टुर्सिम नेपाल, मिसल २०२०, मिस उर्लाबारी २०१९ जस्ता धेरै कार्यक्रममा फोटोग्राफी गरेको उनमा अनुभव छ । साथै बिवेकले धेरै स्कुल तथा कलेजहरुमा फोटोग्राफीका कक्षाहरु समेत दिएका छन् । फोटोग्राफीमा प्रशंसा पाउँदै उनलाई पुरस्कृत समेत गरिएको छ ।

सप्तकोशी अंग्रेजी बोर्डिङ सेकेन्डरी स्कूल र बाल्मिकी लिंकन कलेजबाट उनले कर्पोरेट, कार्यक्रम र सेमिनारहरूमा काम गरेका छन् । सन् २०१९ मा थाइल्याण्डको बैंककमा आयोजना भएको ‘थाइल्याण्ड अन्तर्राष्ट्रिय फेसन फेस्टिभल’ मा प्रोफेसनल फोटोग्राफरको रूपमा काम गरेपछि उनको अनुभब अझै बृद्धी भएको उनले बताए । २०१८ यता बिवेकको फोटोग्राफीको करियरमा धेरै विज्ञापनहरू, व्यावसायिक बस्तु, म्यजिक भिडियोहरू, छोटा फिल्महरू खिचेको अनुभब छ । उनि भन्छन् – ‘मैले नेपालमा मेरो आफ्नै व्यवसाय ‘बिबेक फोटोग्राफी’ नाममा दर्ता गरेको छु ।’

जुन २०२२ मा क्यानबेरा, सिड्नी र ब्रिस्बेनमा फोटो खिच्ने कार्यक्रमको लागि सम्झौता गर्दै २०२२ अगस्ट २४ मा अष्ट्रेलिया पुगेका थिए । उनि थप्छन् –‘मैले ब्रिस्बेन, गोल्ड कोस्ट, क्यानबेरा र सिड्नीका धेरै ठाउँहरूमा यात्रा गरे फोटोग्राफरको रूपमा मेरो जुनूनको साथसाथै मैले आफ्नो भविष्यको करियर खोज्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्