Logo

दुखद खबर : खोटाङमा बस दुर्घटना हुँदा ६ जना घाइते

खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता एवम् प्रहरी निरीक्षक रोमन अर्यालका अनुसार घाइतेहरुलाई अस्पताल पुर्‍याउने काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्