Logo

बालुवाटारबाट निस्केका प्रचण्डलाई देउवाको फोन– यसरी नरिसाउनुस्, बसेर छलफल गरौँ 

सत्ता गठबन्धनको बैठक छाडेर बालुवाटारबाट निस्केका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले रिसाएर नहिँड्न आग्रह गरेका छन् । 

प्रचण्ड बालुवाटारबाट निस्केलगत्तै देउवाले उनलाई फोन गरेका थिए । बालुवाटारमा रहेका एक कांग्रेस नेताका अनुसार देउवाले प्रचण्डलाई ‘ यसरी रिसाएर नहिँड्नुस्, बसेर छलफल गरौँ’, भन्दै फोन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्