Logo

पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेले भने– कुनै सम्झौता हुँदैन

नव नियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहणलगत्तै सिंहदरवारस्थित मन्त्रालय पुगेर मन्त्री लामिछानेले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री लामिछाने मन्त्रालय पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दावी गरे ।  उनले आफू एजेन्डासहित सरकारमा आएको र ती एजेण्डाले केही दिनमा सार्वजनिक गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्