Logo

उपमेयर सुनिता डंगोल भन्छिन् : जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन

धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने भूमिगत पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नरहेको बताइन् । टुँडिखेल ऐतिहासिक एवं सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेकाले संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यक्ता हो की होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डट्पीठआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहना विपरित कुनैपनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन् ।

नगर विकास कोषलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी महानगरले दिएको बताउँदै उक्त अध्ययनपछि डीपीआर गर्न आवश्यक हुने वा नहुने निर्धारण गर्ने डंगोलले बताइन् । ‘प्रि-फिजिबिलिटी अध्ययनका लागि महानगरले टीडीएफ(टाउन डेभलप्मेन्ट फन्ड)लाई जिम्मेवारी दिएको छ । त्यसपछि डीपीआर गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन्छ । डीपीआरपछि पनि बनाउने वा नबनाउने निर्णय हुन्छ । जनभावनाविपरीत कुनै पनि काम हुन दिँदैनौं, ‘ उनको भनाइ छ ।

गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्