Logo

सिके राउतले मागे जनप्रतिनिधिसँग कार्यप्रगति विवरण

जनमत पार्टीले पार्टीका तर्फबाट स्थानीय तहमा जितेर गएका जनप्रतिनिधिहरूलाई ६ महिनाको कार्यप्रगति विवरण सात दिनभित्र पेस गर्न सार्वजनिक रूपमा पत्र काटेको छ।

जितेर गएको ६ महिनामा के-कस्ता कामहरू नेताहरूले गरे भनेर सार्वजनिकरूपमा पत्रचार गरेको छ। सात दिनभित्र पार्टी कार्यालयमा कार्य प्रगति विवरण पेस गर्न पत्रचार गरिएको पत्रमा उल्लेख गरिएको छ।

‘जनमत पार्टीको अवधारण लागू गर्न के-कस्ता कार्यक्रमहरू ल्याउनुभयो। जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के कस्ता पहल गर्नुभयो,’ पार्टी अध्यक्ष डा. सीके राउतद्वारा हस्ताक्षरित भएको पत्रमा भनिएको छ, ‘जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदिको विवरण प्रतिवेदनमा समावेश गर्नु हुन अनुरोध छ।’ 

प्रतिक्रिया दिनुहोस्