Logo

मन्त्रि नारायणकाजीको एक्कासी छड्के, पुगे यातायात कार्यालय

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गर्न पुगेका छन् ।

उनका प्रमुख स्वकीय सचिव विजय गौतमले यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनमा आएको बताए । मन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिनाका साथै र सेवाग्राहीहरुको गुनासा सुनेका छन् । मन्त्री श्रेष्ठको अनुगमन जारी छ ।

प्रतिक्रिया दिनुहोस्