Logo

शव दिन ढिला गरेपछि अस्पतालमा आफन्तले गरे नाराबाजी 

कास्कीको पोखरास्थित सेती नदी खोँचमा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव दिन ढिलाइ गरेपछि आफन्तहरूले अस्पतालमा नाराबाजी गरेका छन् । 

पोष्टमार्टम गरेर शव दिनुपर्ने भएकाले ढिलाइ भएपछि मृतकका आफन्तीहरूले पश्चिमाञ्जल अस्पतालमा नाराबाजी गरिरहेका छन् । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव लिन आफन्तलाई सोमबार बिहान ९ बजे बोलाइएको थियो ।

तर, अहिलेसम्म पनि शव नदिएपछि आफन्तहरूले अस्पतालमा नाराबाजी गरेका हुन् ।  दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना थिए । अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको खोजी जारी छ । भेटिएकामध्ये ३८ जनाको पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्