काठमाडौँ । भाटभटेनी सुपरमार्केट करिब दुई साताको अन्तरालमा दुई प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ ।
सामाजिक सुरक्षा कोषको नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा शुक्रबार आयोजित कार्यक्रममा भाटभटेनीलाई खुद्रा व्यापार क्षेत्रमा रोजगारी सिर्जना गर्दै कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराएको भन्दै सम्मान गरिएको हो । कम्पनीका प्रमुख प्रबन्ध निर्देशक पानु पौडेलले सम्मानपत्र ग्रहण गरेका छन् ।
यसअघि मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले विषम परिस्थितिमा पनि उत्कृष्ट व्यवसाय गर्दै राज्यलाई कर योगदान गरेको भन्दै भाटभटेनीलाई सम्मान गरेको थियो ।
गत वर्षको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भाटभटेनीका १० वटा आउटलेट पुनःस्थापना गरी सञ्चालनमा ल्याइसकिएको कम्पनीले जनाएको छ ।



















प्रतिक्रिया