सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीको आरोपमा पक्राउ परेका छन् ।
करिब २५ वर्षीय यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनले आमा बिरामी रहेको भन्दै मिर्चैया–६ का गुलाम गौससँग पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको आरोप छ ।
पीडितले रकम फिर्ता माग्दा पनि नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । यादवले अन्य व्यक्तिसँग पनि लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनीविरुद्ध म्याद थप गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।


















प्रतिक्रिया