Logo

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय पुरुष पक्राउ

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने रुपन्देहीको मर्चवारी गाउँपालिका–४ महादेहीका २६ वर्षीय सञ्जय पासी हुन् ।

उनले ती बालिकालाई डरत्रास देखाइ शनिबार राति जबर्जस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताइएको छ । बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले अभियुक्त पासीलाई सोमबार पक्राउ गरेको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्