Logo

रास्वपाबाट डा.तोसिमा कार्की पनि मन्त्रि बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तीनजना सांसदको नाम टुंग्याएको छ।

जसमा शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा.तोसिमा कार्की रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। यसअघि राश्वपाका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनिसकेका छन्।

सत्ता गठबन्धनमा मन्त्रालयको भागभण्डामा रास्वपालाई ३ मन्त्रीसहित १ राज्यमन्त्री भागमा परेको हो।
रास्वपाले प्रतिनिधिसभाको उपसभामुखमा दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्