Logo

पुर्व आईजीपी ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्दै

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान कानुनमन्त्री बन्ने भएका छन् । राप्रपाबाट नवलपरासी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रधान पहिलो पटक मन्त्री बन्न लागेका हुन् । 

कांग्रेसका देवेन्द्रराज कँडेललाई पराजित गर्दै प्रधानले पहिलोपटक संसदको यात्रा तय गरेका थिए । प्रधान २०५३ चैतदेखि २०५४ मंसिरसम्म नेपाल प्रहरीको आईजीपी थिए । लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले आईजीपीमा अच्युत कृष्ण खरेल हुँदाहुँदै उनलाई हटाएर प्रधानलाई नियुक्त गरेको थियो । त्याेबेला गृहमन्त्री एमालेबाट वामदेव गाैतम थिए । 

सर्वोच्च अदालतले ९ महिनापछि सरकारको उक्त नियुक्ति बदर गरेपछि खरेल आईजीपमा फर्किएका थिए । त्यसपछि प्रधान आईजीपीको जिम्मेवारीबाट हट्नुपरेको थियो । प्रधानको राजनीतिक यात्रा आईजीपीबाट हटेपछि सुरु भएको हो । २०५६ सालदेखि नै चुनावी मैदानमा उत्रिएका प्रधान २०५६, २०६४, २०७० को चुनावमा पराजित भएका थिए ।

२०७४ को चुनावमा भने कांग्रेसका देवेन्द्रराज कँडेललाई सघाए । तर, उनी राजनीतिमा अविचलित रहे । ७४ वर्षीय प्रधान राप्रपाका उपाध्यक्षसमेत हुन् । प्रहरी सेवादेखि नै हक्की स्वभावका प्रधान नेपाल ओलम्पिक कमिटी पूर्व अध्यक्ष हुन् ।

आईजीपी पछि मन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्