Logo

एमालेबाट रक्षामन्त्रीमा हरि उप्रेत नियुक्त

नेकपा एमालेबाट रक्षामन्त्रीमा हरि उप्रेत नियुक्त भएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेकपा एमालेबाट रक्षामन्त्री हरि उप्रेती, परराष्ट्र विमला राई पौडेल, स्वास्थ्य मन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री, उद्योग मन्त्रीमा दामोदर भण्डारी भएका छन्।

यसअघि गत पुस ११ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदा एमाले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान र अर्थमन्त्री बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्