Logo

सफाइ भएपनि जेल मुक्त हुदैनन् पल शाह

नायक पल शाहमाथि लागेको जबरजस्ती करणी मुद्दाको फैसला तनहुँ जिल्ला अदालतले सफाइ दिएकाे छ । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि शाहलाई दिएकाे हाे ।

तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिए पनि उनी जेल मुक्त भने हुने छैनन् । नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् । शाह करिब एक वर्षयता थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्