Logo

डा. सन्दुक रूइतलाई १० लाख डलर राशिको अवार्ड

नेपालका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी पुरस्कार राशिको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।

बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित प्रतिष्ठित इसा अवार्ड डा. रुइतले प्राप्त गरेका हुन्। मंगलबार बहराइनको राजधानी मनामामा आयोजित पुरस्कार घोषणा कार्यक्रममा राजपरिवारका सदस्य शेख मो। बिन मुबारक अल खालिफाले डा। रुइतलाई उक्त अवार्ड दिने घोषणा गरेका हुन्।

हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भएका कारण मानवीय सेवा तर्फको इसा अवार्डका लागि डा. रुइतलाई छनोट गरिएको अल खालिफाले बताएका थिए। बहराइन सरकारले इसा अवार्ड हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ। बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २०१३ देखि मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति-संस्थालाई प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्