Logo

गृहमन्त्री रबिको जवाफ :हत्या आराेपी सांसदलाई पक्रिन्छौ – विधिभन्दा बाहिर जाँदैनाैँ

गृहमन्त्री रवि लामिछानेले शान्ति सुरक्षा कायम राख्ने विषयमा गृहमन्त्रालय कत्ति पनि टसमस नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसद रामहरि खतिवडालाई जवाफ दिँदै उनले विधि र पद्धति भन्दा बाहिर गृहमन्त्रालय नजाने बताए ।

कांग्रेस सांसद खतिवडाले हत्या अभियोग लागेर फरार रहेका सांसद प्रतिनिधिसभाको बैठकमा सहभागी भएको सुनिएको भन्दै उनले सभामुखको निर्वाचनमा मतदान गर्न दिने कि नदिने भन्दै गृहमन्त्री लामिछानेको ध्यानार्षण गराएका थिए ।

त्यसको जवाफमा गृहमन्त्री लामिछानेले भने, ‘फरार रहनुभएका मानिस पक्रिने कुरा भयो । विधि र पद्धतिभन्दा बाहिर गृह मन्त्रालय जाँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैको दबाब हुनेछैन । गृहमन्त्रालय टसमस छैन, तपाईंहरूबाट दबाव र प्रभाव आउने छैन भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्