Logo

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजिएको कांग्रेसको आरोप – महामन्त्री विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन् । लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गरे ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताए । बरु एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप उनले लगाएका छन् ।

‘म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईँले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाई आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।’

शर्माले संसद् विपक्षको भन्ने मान्यताअनुसार कांग्रेसका न्यौपानेलाई विजयी गराउने उनले माग गरे । संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सभामुखको उम्मेदवार बनाएकाले यसलाई अन्यथा नलिन उनले आग्रह गरे समेत गरे ।

प्रतिक्रिया दिनुहोस्