Logo

पक्राउको डरले बैठकमै आएनन् हत्या आरोपी एमालेका सांसद लक्ष्मी महतो

हत्या आरोप लागेका एमालेका सांसद लक्ष्मी कोइरी महतो आजको संसद् बैठकमा सहभागी छैनन् । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद महतो यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन संसद् बैठकमा उपस्थित् भएका थिए ।

आजको बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसद रामहरि खतिवडाले कोइरी बैठकमा आएको सूचना रहेको भन्दै मत हाल्न पाउने वा नपाउनेपारे गृहमन्त्री रवि लामिछानेलाई सोधेका थिए । संसद्को हाजिरी शाखाले जनाएअनुसार महतो आज संसद् बैठकमा पुगेका छैनन् । कांग्रेस सांसद खतिवडाको प्रश्नको जवाफमा दिँदै गृहमन्त्री लामिछानेले भने आफू विधि र प्रक्रियाभन्दा बाहिर नजाने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्