Logo

रक्षा मन्त्री हरि उप्रेती फिल्म ‘लंका’का डिआइजी

नेपाली फिल्म क्षेत्रबाट पनि राजनीतिमा उपस्थिति बाक्लिँदो छ । पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नवगठित सरकारको रक्षा मन्त्री बनेका हरि उप्रेती नेपाली फिल्मका कलाकार पनि हुन् ।

धेरैले याद नगरेको हुनसक्छ । उनले फिल्म ‘लंका’ अभिनय गरेका छन् । उनी सुपरस्टार निखिल उप्रेतीका दाइ पनि हुन् । ‘लंका’ श्याम भट्टराइको निर्देशन रहेको फिल्म हो । रेखा थापा र किशोर खतिवडाको मुख्य भूमिका रहेको फिल्ममा उप्रेतीले डिआइजीको भूमिका निर्वाह गरेका थिए । फिल्मको ओपनिङ सिनमै उनलाई डिआइजीको बर्दीमा देख्न सकिन्छ । अभिनेता किशोर खतिवडा फिल्ममा इन्स्पेक्टरको भूमिकामा थिए । किशोरसँग उनको फिल्ममा लामै संवादको दृश्य छ ।

उनलाई डिआइजीको भूमिका निर्देशक श्याम भट्टराइले नै गरेका थिए । फिल्मको अभिनय मात्र होइन, डबिङ समेत उनी आफैले गरेका बताइन्छ । फिल्म ‘लंका’ सर्लाहीको हरिवन, बागमती क्षेत्रमा पनि छायांकन भएको थियो । उप्रेती त्यही क्षेत्रका परिचित राजनीतिज्ञ हुन् । फिल्म निर्माण समय उनी सांसद भैसकेका थिएनन् । पार्टीगत राजनीतिमा भने होमिएका थिए ।

‘लंका’ पछि भने उनले फिल्ममा काम गरेका छैनन् । फिल्मका कलाकार मन्त्री बन्ने भएको उनी पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्