मुस्ताङ । भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित श्री जनबल माध्यमिक विद्यालयमा नयाँ भवन, शिक्षक आवास र छात्रावास निर्माण हुने भएको छ ।
उक्त संरचनाको बिहीबार भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डे र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।
भारत सरकारको करिब ८ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने परियोजना घरपझोङ गाउँपालिकामार्फत कार्यान्वयन हुनेछ । मुस्ताङमा सञ्चालन हुने यो १८औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।
परियोजनाले विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्नुका साथै गुणस्तरीय शिक्षामा पहुँच बढाउने अपेक्षा गरिएको छ ।



















प्रतिक्रिया