Logo

आजकोप्रतिनिधिसभा बैठक प्रतिनिधिसभाको नियमवाली मस्यौदा समिति गठन

आजकोप्रतिनिधिसभा बैठकले प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मत समिति गठन गरेको हो ।

समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला रहेका छन् । त्यस्तै रमेश लेखक, लीलानाथ श्रेष्ठ, विद्या भ्टटराई, शक्ति बस्नेत, सवेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्बाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् । प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्