Logo

सांसद रघुवीर महासेठको प्रश्न महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो समात्नु पर्दैन ?

नेकपा एमालेका सचिव तथा सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो अपराधी भए समाजसेवी पदक किन दिनुभयो भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘उहाँलाई पदक सिफारिस गर्ने निवर्तमान सरकारले अपराधी देखेन । उहाँविरुद्धको मुद्दा अहिलेको होइन, सात वर्षभन्दा बढी भइसक्यो सशस्त्र प्रहरीका असईको हत्या भएको । पहिलेको सरकारले उहाँलाई समात्ने काम किन गरेन रु समात्ने त परै जाओस् उहाँलाई सम्मान गर्ने काम भएको थियो । मन्त्रिमण्डलबाट सिफारिस भएर राष्ट्रपतिबाट घोषणा भएको लिष्टमा उहाँको नाम थियो ।’

लक्ष्मी महतो अहिले आफ्नो पार्टीको सम्पर्कमा नभएको र यदि प्रहरी प्रशासनले हिरासतमा लिएको भए सार्वजनिक गर्न माग समेत उनले माग गरेका छन् । उनले लक्ष्मी महतोलाई अपराधी भनेकोप्रति आपत्ति जनाउदै गृहमन्त्रीलाई कानूनअनुसार काम गर्ने समेत सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्