Logo

रक्षामन्त्री हरि उप्रेती पुगे काठमाडौं-तराई द्रुतमार्ग अवलोकन गर्न

नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेती काठमाडौं–तराई द्रुतमार्ग अवलोकन गर्न पुगेका छन् । मन्त्री उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले बुधबार नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको द्रूतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको स्थलगत निरीक्षण भ्रमण गरेका हुन् ।

)https://www.youtube.com/watch?v=1ldVMkvRPlo

उनीहरूले निरीक्षणको दौरानमा आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिए । निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरुको प्रशंसा गरेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री उप्रेतीले उक्त कार्यलाई थप द्रुतगतिमा सञ्चालन गर्न रक्षा मन्त्रालयको तर्फबाट आवश्यक समन्वय एवं सहजीकरण गरिने उल्लेख गरे । साथै, उनले सेनालाई उच्च हौसला एवं मनोबलका साथ प्रविधिको अधिकतम प्रयोग गर्दै आयोजना छिटो सम्पन्न गर्न निर्देशनसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्