गृहमन्त्री सुधन गुरुङ आज इन्गेजमेन्ट गर्दै, मंसिर १७ मा विवाह


काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको आज इन्गेजमेन्ट कार्यक्रम हुँदैछ । करिब सात–आठ वर्षअघि नै अदालतमा कानुनी विवाह गरिसकेका गुरुङले अब परम्परागत सांस्कृतिक विधिअनुसार विवाहलाई औपचारिकता दिन लागेका हुन् ।

निकटस्थ स्रोतका अनुसार इन्गेजमेन्टपछि आगामी मंसिर १७ वा १८ गते गुरुङको गृहजिल्ला गोरखामा विवाह समारोह आयोजना गर्ने तयारी छ । दुवै पक्षका परिवारजन र आफन्तको उपस्थितिमा परम्परागत रीतिरिवाजअनुसार विवाह सम्पन्न हुनेछ ।

अदालती विवाहपछि अमेरिका गएकी गुरुङकी पत्नी हालै स्थायी रूपमा नेपाल फर्किएपछि सामाजिक तथा सांस्कृतिक विधिअनुसार विवाह गर्न लागिएको जनाइएको छ ।