Logo

नागरिकता विवादबारे रविन्द्र मिश्रले भने- ‘रवि लामिछाने अनागरिक र राज्यविहिन होइनन्’

रविन्द्र मिश्रले रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको बताएका छन् । शुक्रबार सर्वोच्च अदालत, संवैधानिक इजलासले रवि लामिछानेसँग नेपाली नागरिकताको प्रमाणपत्र नभएको ठहर गरेसँगै अध्यक्ष रविन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमाफ्त सो विषयमा आफ्नो प्रतिक्रिया राख्दै रवि लामिछाने अनागरिक र राज्यविहिन नभएको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन् धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो । नेपालको संविधान, पृष्ठ ४ मा “नेपालको नागरिकता‘प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालको नागरिक हुनेछन्ू लेखिएको छ । उनी नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक हुन् । तसर्थ उनी अनागरिक रराज्यविहिन होइनन् ।

उनले रवि लामिछाने नागरिकता प्रमाणपत्र प्राप्त गर्न योग्य नेपाली नागरिक भएको पनि दावि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्