Logo

रवि लामिछानेले पाए नेपाली नागरिकता

रवि लामिछानेले नागरिकताको प्रमाणपत्र पाएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

अमेरिकी नागरिकता त्यागेको निस्सा पेस गरेपछि उनले नागरिकता पाएका हुन् । ‘निस्सा पेस गरेर नागरिकता बनाएको हो,’ उनका सहयोगी प्रकाश सिग्देलले भने । सिग्देलका अनुसार लामिछानेको नागरिकताकाे प्रमाणपत्र प्रिन्ट हुँदैछ ।

यसअघि नेपाली नागरिकता लिएर सो नागरिकता त्यागी अमेरिकी नागरिकता लिएका उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिएका थिएनन् । नेपाली नागरिकताको प्रमाणपत्र नभएरै उनी चुनावसमेत लडेका थिए ।
जसका कारणको उनको सांसद पदसमेत सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको थियो । आइतबार उनले नेपाली नागरिकता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्