Logo

गायक प्रमोद खरेलले आफ्नो पारिश्रमिक घाइतेको उपचारमा खर्च गर्ने

गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेहरूका लागि खर्च गर्ने जानकारी दिएका छन्।

शनिबार राति भएको घटनाका बारेमा जान कारी दिनका लागि आयोजक संस्था उद्योग वाणिज्य संघ धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा फोन गरेर खरेलले उक्त जान कारी दिएका हुन्। रकमका विषयमा खरेलले नबताए पनि घटनाप्रति दुःख प्रकट गर्दै ‘कन्सर्ट’ का लागि तोकिएको आफ्नो पारिश्रमिक घाइतेहरूका उपचारमा खर्च गर्ने जानकारी दिए। गए राति खरेलको ‘कन्सर्ट’ हेर्न र हाउजी बिंगो खेल्न आएको भीड कार्यक्रम सुरु हुनुअघि अनियन्त्रित हुँदा घाइते भएका ३० जनाको धरान र विराटन गरमा उपचार भइरहेको छ।

घाइतेहरूको उपचारका लागि हाल भूमि व्यवस्था तथा सहकारी गरिबी निवारणमन्त्री राजेन्द्रकु मार राईको पहलमा भइरहेको र थप सबै उपचार रकम आयोजकले बेहोर्ने संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए। घटना पछि आजदेखि राति हुने सबै कार्यक्रम स्थगित गरेर दिउँसो ५ बजेसम्म मात्र सञ्चालन गरिने महोत्सवको भोलि समापन गरिने राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्