Logo

सरकारबाट बाहिरिने रास्वपाकाे तयारी, प्रचण्डलाई साँझसम्म अल्टिमेटम

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएकाे छ ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर रास्वपाका सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने जानकारी गराएका छन् । ‘प्रधानमन्त्रीसँगकाे छलफल सकारात्मक देखिएन । साँझसम्ममा प्रधानमन्त्रीले हामीलाई गृह दिने निर्णय नगरे सरकारबाट बाहिरिने सम्भावना छ’, रविकाे सचिवालयका एक सदस्यले भने ।

उनका अनुसार साँझ पत्रकार सम्मेलन गरेर सरकार छाेडेकाे जानकारी सार्वजनिक गर्ने तयारी रास्वपाले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्