Logo

“रवि लामिछानेसँग भेटेरै समस्या समाधान गर्ने” : प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेरै समस्या समाधान गर्ने बताएका छन् ।

रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रतिनिधि सभाबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘मैले उहाँहरुले गरेको पूरै निर्णय हेर्न पाएको छैन । भर्खरै सुनेँ । बिहान उहाँसँग भएको कुराअनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन । सरकारबाट बाहिरिनेबारे छलफल भइरहेको छ भन्नुहुन्थ्यो ।’ उनले आफूले राष्ट्रिय सहमतिमा जोड दिएकाले बसेर समस्या हल गर्ने बताएका छन् ।

उनले भने, ‘फेरि हामी बसेर समस्या हल गर्नेतिर नै जान्छौं । मेरो कोसिस त राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्नेमा छु ।

उनले सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेहरुलाई केही असहज भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्