Logo

मैतिदेबिको प्रहरी बिट महानगरले हटाउदै

काठमाडौं महानगरपालिकाले मैतिदेविको प्रहरी बिट खाली गराएको छ ।

सडक मिचेर बनाइएको संरचना हटाउने महानगरकाे अभियानमा नगरप्रहरीले उक्त भवनमा रहेको प्रहरी बिट खाली गराएको हो ।

आज महानगर प्रहरीले प्रहरी बिट खाली गराएको महानगर प्रहरीका एसपी राजु पाण्डेले बताएका छन् । केहीबेर उक्त भवन पनि भत्काइने उनले बताएका छन् । प्रहरी बिटमा रहेकाे सामान ट्रकमा राखेर लगिएकाे छ ।

प्रहरी बिट कुन भवनमा सार्ने भन्ने बारेमा टुंगाे नलगागेकाे प्रहरीले जनाएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्