Logo

७८ वर्षीय वृद्धको रूखबाट लडेर मृत्यु

रूखबाट लडेर बैतडीमा आज एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

स्याउला काट्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको टोली घटनास्थलतर्फ गएको छ।

प्रतिक्रिया दिनुहोस्