Logo

सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना

राष्ट्र बैंकले नौ वाणिज्य बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी नियम पालनामा लापरवाही गरेको र अन्य नियमहरू पालना नगरेको भन्दै कारवाही गरेको छ।

प्रभु, कुमारी, तत्कालिन बैंक अफ काठमाण्डु (हाल ग्लोबल आइएमई), प्राइम कमर्सियल सम्पत्ति शुद्धिकरणमा गम्भिर लापरवाही गरेको भन्दै प्रति बैंक ५० लाख रुपैयाँको दरमा जरिवाना गरिएको छ। अन्य नियमहरू पालना नगरेको आधारमा माछापुच्छ्रे , सानिमा, तत्कालिन नेपाल इन्भेष्टमेन्ट (हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक), सिभिल बैंक र नबिल बैंकलाई कारावाही गरेको हो। यी बैंक तथा यसका प्रमूख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।

माछापुच्छ्रे बैंकले पुँजी कोष पर्याप्तता अनुपातको यथार्थ विवरण पेश नगरेको, सानिमा बैंकले तत्कालिन प्रमूख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको, नबिल बैंकलाई सम्पत्ति शुद्धिकरण सम्बन्धि व्यवस्था अनुसार ग्राहक पहिचान विवरणमा लापरवाही गरेको भन्दै कारवाही गरिएको हो। प्रभु बैंकलाई भने कर्जा सूचना र कालो सूची सम्बन्धमा नियम पालना नगरेको कारणमा पनि सचेत गराइएको छ।

त्यस्तै, माछापुच्छ्रे, तत्कालिन नेपाल इन्भेष्टमेन्ट र सिभिल बैंकलाई ग्राहकसँगको एकपटकको सम्झौतापछी प्रिमियम थप्ने वा डिस्काउन्ट गर्ने गरिएको आधारमा कारवाही गरिएको हो।

प्रतिक्रिया दिनुहोस्