Logo

कालीगण्डकीमा खस्यो जोमसामबाट पोखरा जाँदै गरेको बस, १७ जना घाइते

म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो ।

घाइतेमध्ये ४ जना सामान्य उपचापछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको मुस्ताङका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो।

प्रतिक्रिया दिनुहोस्