Logo

काठमाडौंमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने

खानेपानी मन्त्रालयले सिंहदरबारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ ।

बिहिवार मन्त्रालयले गरेको गुनासो सुनुवाइ ईकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एकसाताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गरि यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिएका छन् ।

उनले भने, ‘अहिले हामीले बिदेशमा जस्तो सेन्सरवाला सार्वजनिक धारा राख्दैँछौ । मेलम्चीको पानी आएपछि त्यसको सदुपयोग गर्दै सुरूमा सिंहदरबारमा आउने सेवाग्राहीका लागि सेन्सर प्रविधिको धारा राख्दैछौँ । त्यसपछि एयरपोर्ट, काठमाडौंका मुख्य ठाउँहरू, बसपार्कमा यस्तो धारा राख्छौं ।’ उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्