Logo

सम्पत्ति भाडामा लगाउने ठेक्काको समयावधि महानगरले छोट्यायो

काठमाडौं महानगरपालिकाले आय कर ठेक्का लगाउने समयावधि छोट्याएको छ ।

महानगरले आन्तरिक आय संकलन हुने शुल्क, दस्तुर तथा सम्पत्ति भाडामा लगाउँदा ठेक्का दिने प्रक्रिया कार्यविधि बनाएर छोट्याएको हो ।महानगरले आय ठेक्का दिँदा यसअघि सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचनाबाट बोलपत्र आहवान हुँदै आएको थियो तर अब ठेक्का रकमको आधारमा बोलपत्र आह्वानको सूचना मिति तोकिने भएको छ । कार्यविधिमा महानगरले सार्वजनिक सूचना प्रकाशित गर्दा ठेक्का लगाउने अनुमानित रकम २० लाख रुपैयाँसम्म भए १५ दिनको, २० लाख भन्दा बढी १ करोडसम्मको भए २१ दिनको र १ करोड रुपैयाँभन्दा बढी जतिसुकै भए पनि कम्तीमा ३० दिनको सूचना सार्वजनिक रूपमा प्रकाशन गर्ने उल्लेख छ ।

महानगरले लगाउने आय ठेक्का कम्तीमा एक वर्षको लागि हुने ऐनमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्