Logo

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जना किशोरको मृत्यु भएको छ।

गएराति पौने १२ बजे धोबिनी गाउँपालिका-४ पुलचोकमा प्रदेश नम्बर २-०३-००६ प ५६५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिएका छन्। लंगडीबाट हरिपुर जाँदै गरेको मोटरसाइकल कलभर्टमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनाबाट सखुवा प्रसौनी गाउँपालिका-६का १४ वर्षीय चालक दिपेशकुमार यादवको मृत्यु भएको हो। त्यस्तै मोटरसाइकलमै सवार धोबिनी गाउँपालिका-४ बस्ने १० वर्षीय दिपु यादव सामान्य घाइते छन्।

शवको पोष्टमर्टमको लागि नारायणी अस्पताल वीरगन्जमा पठाएको छ।

प्रतिक्रिया दिनुहोस्