Logo

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा घाइते सहचालकको मृत्यु भएको छ ।

आइतबार राति जगतभञ्ज्याङबाट मिर्दितर्फ ढुंगा लिएर जाँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ नगरपालिका-६ अम्डालीस्थित भित्री सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक चापाकोट नगरपालिका-२ धुर्कोटका ३२ वर्षमा नविन सुनार र सहचालक वालिङ नगरपालिका-८ मिर्दिका १४ वर्षका सोविन विक घाइते भएका थिए । उनीहरुलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो ।

सहचालक विकको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो र उनलाई थप उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारका क्रममा सहचालक विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्