Logo

सर्भर डाउन हुँदा सयौं यात्रुको बिचल्ली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा सयौं यात्रुलाई समस्या भएको छ ।

सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ । करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीले जानकारी दिएका छन् ।

‘अफलाइन सर्भर नहुनु र बारम्बार प्राविधिक समस्याबारे जानकारी गराउँदा पनि वास्ता गरिएन । यात्रुको आक्रोश भने हामी कर्मचारीले भोग्नुपरेको छ’, ती अधिकारीले नेपाल प्रेससँग भने । सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३/४ सय यात्रु आक्रोशित भएर बसेका छन् ।

उडान प्रभावित भएका कारण तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्