Logo

नेपाललाई पहिलो झड्का, कुशल भुर्तेल आउट

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २१३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

पहिलो विकेटको रुपमा कुशल भुर्तेल एक रनमा आउट भए । उनी मार्क वाटको बलमा एलबीडब्लु आउट भएका हुन् ।यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा २१२ रन मात्रै बनाउन सकेपछि नेपालले मध्यम लक्ष्य पाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मन्जीले ६०, म्याथेव क्रोसलाई ४२, ब्रान्डन म्याकमुलेनले ३१, कायल कोएट्जरलले २२, क्रिस्टोफर म्याकब्राइडले २२, रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । सन्दीपकै राम्रो बलिङमा स्कटल्यान्डका ब्याटर सस्तैमा समेटिए । सन्दीपले जर्ज मन्जी, कायल कोएट्जर, टोमस म्याकिनतोस, रिची बेरिङटनलाई आउट गराए । सन्दीपले १० ओभरमा ४५ रन खर्चिएर चार विकेट लिएका हुन् । त्यस्तै, करण केसीले तीन विकेट लिए । उनले ब्रान्डन म्याकमुलेन, मार्क वाट र माइकल लिस्कलाई आउट गराए । योसँगै करण केसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । कुशल मल्ल र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्