Logo

युवा स्टार अनमोल केसीको चलचित्र “छड्के २” को ट्रेलर रिलिज….(ट्रेलर हेर्नुस्)

प्रशान्त गिरीले निर्माण गरेको चलचित्र “छड्के २” को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा युवा स्टार अनमोल केसीलाई एक्सन रुपमा प्रस्तुत गरिएको छ । चलचित्र हलमा लाग्ने दश दिन अगाडी निगम श्रेष्ठ निर्देशित ग्याङस्टर चलचित्र छड्के-२ को ट्रेलर लञ्च गरिएको हो । चलचित्र यही फागुन १९ गतेदेखि रिलिज हुँदैछ ।

 

अनमोलसँगै फिल्म छड्के २ मा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । यस्तै रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका छन् ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी/लोकेश बज्राचार्यको सम्पादन छ ।
ट्रेलर हेर्नुस्:-

प्रतिक्रिया दिनुहोस्